‘प्रेमगीत’ को पहिलो रोजाई थिए अनमोल, अव कहिले देखिएला पर्दामा अनमोल पूजाको जोडी?


अनमोल केसी र पूजा शर्मा पछिल्लो पुस्ता दर्शकमाझ लोकप्रिय नाम हो। दुवैको फ्यान फलोइङ गज्जबको रहेको छ। लगभग एकै समयमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अनमोल र पूजाले आफ्नो स्टारडम कायम राखेका छन्। एकअर्काको प्रशंसका रहेका अनमोल र पूजाले संगै सहकार्य भने गरेका छैनन्।

स्टार पावर एकै चलचित्रमा हुँदा दर्शकका लागी पनि त्यो प्रतिक्षित बन्न सक्छ। त्यसो त पूजाका चलचित्रको पहिलो अफर अनमोललाई नै पुग्ने गरेको छ। यो कुराको खुलाशा पूजाले केहि दिन अगाडी गरेकी थिइन् । पूजाको करियरको सफल चलचित्र ‘प्रेमगीत’ को अफर पहिलोपटक अनमोललाई नै गरिएको थियो। तर अनमोलको समय नमिलेका कारण चलचित्रमा काम गर्न नसकेको बताईन्छ। सोहि चलचित्रबाट प्रदिप खड्का स्टारका रुपमा उदाएका थिए।


पूजा र अनमोललाई साथ भेटेपछि पत्रकारले संगै सहकार्यको बारेमा प्रश्न राखेका थिए।
जवाफमा पूजा भन्छिन्,’संगै सहकार्यको अवसर मिलेको नै छैन । मैले मेरा चलचित्रको पहिलो अफर अनमोलसम्म पुर्याएकी पनि हुन्छु । तर समयले हामीलाई संगै सहकार्य गर्न जुराएको छैन भविष्यमा पक्कै जुर्नेछ।’

यता अनमोलको पनि उस्तै तर्क रहेको छ। उनि भन्छन्,’ अहिलेसम्म हाम्रो संगै सहकार्यको लागी समय मिलेको छैन। तर भविष्यमा सहकार्य गर्न इच्छा रहेको छ।’

अनमोल र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ दोश्रो सातामा प्रदर्शन भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्