A vertical shot of the black cat in the dark darkness

‘जेरी अन टप’ मा केदार घिमिरे र सुरक्षा पन्तको इन्ट्री


सुयोग गुरुङ्गको निर्देशन र सरोज न्यौपानेको निर्माणमा तयार हुने चलचित्र ‘जेरी अन टप’ को कलाकारको लाइनअप बलियो र रोचक बनेको छ। अनमोल केसी, जसिता गुरुङ्ग र आंचल शर्मालाई मुख्य भूमिकामा लिएर घोषणा गरिएको चलचित्रमा अन्य दुई बलियो कलाकारको प्रवेश भएको छ।

केहि दिन अगाडी अभिनेत्री सुरक्षा पन्तलाई चलचित्रमा भित्र्याएको निर्माण टिमले केदार घिमिरे माग्ने बुढासंग सम्झौता गरेको छ। दुई कलाकारको प्रवेशसंगै कलाकारको लाइनअप पुरा भएको निर्माण टिमले जानकारी दिएको छ। ‘छक्का पन्जा’ टिम बाहिर यो बर्ष केदारले दुई चलचित्रमा काम गर्ने पक्का भएको छ। केहि समय अगाडी उनले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र ‘कंगारु’ मा काम गर्ने पक्का भैसकेको छ।

सरोज न्यौपानेसहित रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र रविन शेरचन निर्माता रहेको चलचित्रको ‘एसोसिएट’ निर्माताको रुपमा ओम अग्रवाल र विवेक थापा रहेका छन् । चलचित्रलाई काठमाडौँ, लुक्ला र लद्दाखमा छायांकन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्