A vertical shot of the black cat in the dark darkness

‘बेहुली फ्रम मेघौली’ को एडभान्स बुकिङ खुल्ला


असोज १७ गते बिहीबार घटस्थापनामा रिलिज हुन लागेको ‘बेहुली फ्रम मेघौली’ को एडभान्स बुकिङ खुल्ला भएको छ।
नेपाली चलचित्र हलहरुले सोमबार चलचित्रको एडभान्स बुकिङ खुल्ला गरेका हुन्। देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर ‘बेहुली फ्रम मेघौली’ लाई कूल ७३ शो उपलब्ध गराएको छ जसमा काठमाडौं उपत्यकामा ३२ र मोफसलमा ४१ शो बुकिङ खोलेको छ। यस्तै, आइएनआई सिनेमाजले आफ्नो चेनमा रहेका काठमाडौंका दुई हल र बुटवलमा गरि १४ शो दिएको छ भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा गरी ९ शो दिएको छ । यसैगरी बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन् ।

केही हलहरुमा एड्भान्स बुकिङ खुल्ला हुन बाँकी नै छ । सम्भवतः पहिलो दिनका लागि चलचित्रले दुई सय बढि सो पाउनेछ। चलचित्रलाई साजन काफ्ले र आकाश बरालको संयुक्त रुपमा निर्देशन गरेका हुन्।

चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ । चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्