A vertical shot of the black cat in the dark darkness

असोज २४ बाट रिलिज हुने ‘ज्वाई साब’ सवैले हेर्न पाउने


असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्र ‘ज्वाइँ साब ’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् युनिभर्सल सर्टिफिकेट पाएको छ । बोर्डले आइतबार साँझ चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न योग्य भन्दै ‘यू’ सर्टिफिकेट दिएको हो ।


चलचित्रका निर्देशक वसन्त निरौलाले सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि खुशी व्यक्त गरेको बताए । ‘उहाँहरुले चलचित्र उत्कृष्ट बनेको छ भनेर हामीलाई बधाई दिनुभयो । उहाँहरुबाट प्राप्त प्रतिक्रियाबाट हामी खुशी छौं’, निर्देशक निरौलाले भने ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्