A vertical shot of the black cat in the dark darkness

सर्तसहित दोहोरी ब्याटलमा उत्रिए विजय र अञ्जना


तिहारको लक्ष्मीपूजाको अवसर पारेर कार्तिक १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का प्रचार साम्रागीलाई दर्शकले रुचाई रहेका छन्। यहि बीचमा चलचित्रको टिमले नयाँ गीत सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको ‘रैयाँ चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ। दोहोरी ब्याटल शैलीमा तयार पारिएको गीतमा नवराज पन्तको शब्द र आशिष अविरलको संगीत रहेको छ ।

गीतको भिडियोमा चलचित्रका कलाकार विजय बराल र अञ्जना बराइली सर्तसहित रोधी बसेका छन् । बाटुली अर्थात् अञ्जना हारे पुर्णेको अर्थात् विजयको श्रीमती बन्न पर्ने अनि पूर्णे हारे बाटुलीको घरमा हली बस्नुपर्ने सर्त राखिएको छ । झन्डै ९ मिनेट लामो गीतमा घोचपेच र प्रेमका कुरा समेटिएको छ । अन्तिममा अञ्जनाले रोधी हारेपछि विजयले उनलाई साथमा लिएर जान्छन् ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको चलचित्रमा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता चलचित्रमा रहेका छन्। बलियो प्रचार सामाग्री सार्वजनिक गरिरहेको चलचित्रले तिहारको बिदामा आकर्षक व्यापार गर्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्