A vertical shot of the black cat in the dark darkness

रोचक बन्दै ‘हरिबहादुरको जुत्ता’ को कलाकार लाइनअप, मुरलीधर जोडिए


दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ को कलाकार लाइनअप रोचक र बलियो बन्दै गएको छ । हरिवंश आचार्य, प्रकास सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, दिनेश काफ्ले लगायतका कलाकार अनुबन्धित भैसकेको चलचित्रमा मुरलीधर अनुबन्धित भएका छन्।

गायक तथा सफल अभिनेता मुरलीधर चलचित्रमा नकारात्मक भूमिकामा देखिदैछन्। उनको पछिल्लो रिलिज चलचित्र ‘१२ गाउँ’ हो। चलचित्रका निर्माता सरोज ओलीले उनीसंग कागजी सम्झौता गरिसकेका छन्। चलचित्रमा पटकथा तथा संवाद लेखन हरिवंश आचार्यको रहेको छ । माघ दोस्रो साताबाट चलचित्रको छायांकन सुरुवात गरिएको छ।

प्रतिक्रिया दिनुहोस्