A vertical shot of the black cat in the dark darkness

‘फर्की फर्की’ निर्माता रोहितको ‘माइतिघर’ दशैँमा आउने


यहि वर्ष सफल चलचित्र ‘फर्की फर्की’ निर्माण गरेका निर्माता रोहित अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । सोमबार चलचित्रको लोगो सार्वजनिक गर्दै आगामी सालको दशैँमा चलचित्र रिलिजको घोषणा समेत गरेका छन्।

मिलन तामाङ्गको डेव्यु निर्देशनमा रोहितले ‘माइतिघर’ चलचित्र निर्माण गर्न लागेका हुन्। सोसल ड्रामा चलचित्रको पटकथा ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले लेखेका हुन् । चलचित्रमा नाम चलेका कलाकारलाई लिने तयारी रहेको रोहितले बताएका छन्।

विवाहपछि छोरीले माइतीघर छाडेर जानुपर्ने विवशता र यसको आयामलाई प्रस्तुत गर्ने चलचित्रका कलाकार चाडै सार्वजनिक गर्ने रोहितको तयारी रहेको छ। समसामयिक कथावस्तु भएकाले पनि यसलाई दशैंमा ल्याउन लागेका हौं’ निर्माता अधिकारीले भने, ‘महिलाप्रधान भएकाले यसले सामाजिक सन्दर्भ र संवेदनालाई चित्रण गर्नेछ ।’ फागुन वा चैतदेखि छायांकनमा जाने तयारीमा चलचित्रको टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्