A vertical shot of the black cat in the dark darkness

अब माघमा ‘केटि हराएको सुचना’


गत कार्तिक ३० गतेबाट रिलिजको तयारी गरेर प्रमोशन समेत गरिएको चलचित्र ‘केटि हराएको सुचना’ ले रिलिज मिति नजिकिदै गर्दै आफ्नो प्रदर्शन मिति हेरफेर गर्यो। ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा सुनामी ल्याएको समयमा उक्त चलचित्रलाई सम्मान स्वरुप भन्दै हल छाडेको चलचित्रले नयाँ रिलिज मिति तय गरेको छ।

चलचित्र अब माघ ११ गतेबाट रिलिज हुनेछ। दिपेन्द्र गौचनको निर्देशनमा तयार भएको चलचित्रमा उनको नै निर्माण रहेको छ। नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र लगायतको अभिनय रहेको छ। चलचित्रमा विशेष भूमिकामा अमितेश शाह छन्।

प्रतिक्रिया दिनुहोस्