A vertical shot of the black cat in the dark darkness

‘पीआर’ निर्देशन गर्दै शोभित बस्नेत, अष्ट्रेलियामा हुनेछ छायांकन


शोभित बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘पीआर’ निर्माण हुने भएको छ। सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रमा आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेका छन्। चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता रहेका छन् । चलचित्रको फस्टलुक पनि सार्वजनिक गरिएको छ।

फस्टलुकमा हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ । जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको । महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ । पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ । त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ ।

निर्देशक शोभितका अनुसार चलचित्रका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ । चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिनेछ । ‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै छानिनेछन् । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस्