A vertical shot of the black cat in the dark darkness

‘जेरी अन टप’ निर्माता सरोजको ‘फन फनी घुमेर’ , दशैँमा रिलिज हुने


निर्माता सरोज न्यौपानेले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। यतिबेला उनि चलचित्र ‘जेरी अन टप’ को निर्माणमा व्यस्त रहेका छन् । यो चलचित्र २०८२ को जेठमा रिलिज तयारी गरिएको छ। यो चलचित्र निर्माण सम्पन्न नहुँदै सरोजले नयाँ चलचित्रको घोषणा गरेका छन्।

आगामी दशैँमा रिलिजको तयारी गर्दै सरोजले ‘फन फनी घुमेर’ निर्माण गर्ने औपचारिक जानकारी सामाजिक संजालबाट दिएका छन् ।
अनन्या फिल्मस्को प्रस्तुतिमा तयार हुने चलचित्रमा भविष्य खड्का र सरोज न्यौपानेको लगानी रहनेछ। चलचित्रका कलाकार, निर्देशक र प्राविधिक कोही पनि सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्