A vertical shot of the black cat in the dark darkness

ओटीटी प्लेटफर्म ‘जी फाइब’ मा ‘ह्रस्व दीर्घ’, बन्यो पहिलो नेपाली चलचित्र


निता ढुंगानाको निर्माणमा तयार भएको चलचित्र ‘ह्रस्व दीर्घ’ ले नेपाली बक्स अफिसमा १० करोड बराबरको ग्रस कलेक्सन गरेको आँकडा रहेको छ । नेपाली र भारतीय कलाकारको बाहुल्यता रहेको चलचित्र अब दर्शकले भारतको लोकप्रिय ओटीटी प्लेटफर्म ‘जी फाइब’ मा हेर्न पाउनेछन् ।


निर्मात्री नीता ढुंगाना र कलाकार हरिहर अधिकारीले जी फाइबसँग कागजी संझौता गरेका छन् । निर्देशक चन्द्र पन्तको लगातारको कोसिस र भारतीय चलचित्र क्षेत्रमा उनको सम्बन्धको कारण सम्भव भएको हो । भारतको लोकप्रिय ओटीटी प्लेटफर्ममा विक्री भएको यो पहिलो नेपाली चलचित्र हो । नेपाली र साउथ भर्सन बाहेकको सम्पूर्ण भाषाको ओटीटी राइट्स जी फाइबले किनेको हो । ६ करोड माथीको बजेटमा तयार भएको चलचित्रले नेपाली बक्स अफिस बाट लगानी उठाएको आँकडा रहेको छैन । तर डिजिटल राइट्स, विदेश प्रदर्शन र अव ओटीटि बिक्रिले निर्मात्री निता आफ्नो लगानी सुरक्षित गर्न सफल भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्