A vertical shot of the black cat in the dark darkness

‘माग्ने राजा’ मा केदारसंग बर्षा शिवाकोटी


केदार घिमिरे शिर्ष भूमिकामा रहने चलचित्र ‘माग्ने राजा’ मा अभिनेत्रीको रुपमा बर्षा शिवाकोटीको प्रवेश भएको छ। पछिल्लो समय वर्षाका लागी चलचित्र यात्रा सुखद बन्दै गएको छ। बर्षको हिट चलचित्र ‘छक्का पन्जा ५’ मा दिपकराज गिरिसंग उनको जोडी बाँधिएको थियो।

बर्षाको अभिनयले प्रसंशा बटुलेको थियो भने बक्स अफिसमा पनि चलचित्र सफल भएको थियो। छक्का पन्जा समूहका नै सफल कलाकार केदारसंग उनको जोडी बाँधिएको छ। पछिल्लो समय छक्का पन्जा टिम बाहिर केदार लगातार चलचित्रमा काम गरिरहेका छन्। केदार केन्द्रिय भूमिकामा रहेको माग्ने राजामा बर्षासंग उनको जोडी रोचक देखिनेछ। मुनाल घिमिरेको निर्माण रहने चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन्। फागुन १ गतेबाट छायांकनमा जाने चलचित्रमा सामिप्यराज तिमल्सेनाको लेखन रहेको छ । चलचित्रका अन्य कलाकारको बारेमा जानकारी गराइएको छैन।

प्रतिक्रिया दिनुहोस्