A vertical shot of the black cat in the dark darkness

‘कार्साङ’ प्रचारमा दिया र जितूको दौडधुप


हास्य कलाकारको रुपमा आफ्नो बलियो छवि बनाएका जितु नेपाल पछिल्लो समय चलचित्रमा आना पात्रलाई परिवर्तित रुपमा प्रस्तुत गर्दै आएका छन्। चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्न थालेदेखि नै उनले आफ्ना पात्रमा भिन्नता ल्याउदै आएका छन्। उनी अभिनित नयाँ चलचित्र ‘कार्साङ’ रिलिजको तयारीमा रहेको छ । यो चलचित्रमा उनी दयाहाङ राईसंग देखिएका छन्।

दयाको साथीको भूमिकामा उनि देखिएका छन् भने उनको जोडी चलचित्रमा दिया मास्केसंग बाधिएको छ। बच्चा नभएको श्रीमान श्रीमतीको नोकझोक र झगडा, साथीका लागी अग्रसर भएको सहयोगी हात टिजरले चलचित्रको कथासार यस्तै हिसाबले प्रस्तुत गरेको छ । चलचित्रमा उनले हसाउने र गम्भीर दुवै चरित्र गरेको उल्लेख गरेका छन्। पूर्वी नेपालबाट सुरु भएको चलचित्रको प्रचार कार्यक्रममा बोल्दै जितुले आफ्नो पात्रको बारेमा खुलाएका हुन्। यो प्रचारमा चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के नेपालका विभिन्न स्थलको यात्रामा रहेका छन् ।

आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा चलचित्रमा देख्न सकिने बताएका छन् । शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको अभिनय छ । पौष २६ गतेबाट रिलिज हुने चलचित्रमा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार र निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्