A vertical shot of the black cat in the dark darkness

फागुन १४ बाट सर्यो ‘होस्टेल ३’


सफल सिक्वेल होस्टेलको तेश्रो नाम सिक्वेल ‘होस्टेल ३’ फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको थियो। रिलिज मिति तय गरेर छायांकनमा गएको चलचित्रले यो मितिबाट रिलिज नहुने घोषणा गरेको छ। ससान कंडेलले निर्देशन गरेको चलचित्रले चाडै नयाँ रिलिज तय गर्न बताइएको छ। यो मितिमा अन्य तीन चलचित्र रिलिजको लागी तयार भएको कारण आफुले रिलिज मिति बदलेको निर्देशक कंडेलले जानकारी दिए।

फागुनको १४ गतेलाई प्रदर्शन मिति तय गरेर छायांकनमा गएको फिल्म ‘होस्टेल ३’ पोष्टपोन्ड भएको छ । अब, फागुनको १४ गते यो फिल्म रिलिज नहुने जानकारी निर्देशक ससान कँडेलले मेरो फिल्मलाई जानकारी दिए । हाल चलचित्रको एक गीतको छायांकन भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्