A vertical shot of the black cat in the dark darkness

चिसो मौसममा अमेरिकामा तातिएको दिपा, केदार र जितुको सम्बन्ध


‘छक्का पन्जा’ समुहमा संगै सहकार्य गरेका दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको एक अपसको सम्बन्धलाई लिएर सधै चर्चा हुने गर्दछ। टिमबाट बाहिरिएका जितु अहिले चलचित्रमा व्यस्त रहेका छन्। समूह बाहिरका चलचित्रमा केदार पनि लगालग देखिईरहेका छन्।

यहि बर्षको दशैँमा ‘छक्का पन्जा ५’ र ‘ज्वाईसाब’ रिलिजको समयमा मिडियामा जितुले खुलेर बोले । यसको प्रभाव थोरै बहुत बजारमा देखियो। जितुले केदारले चलचित्रको समूह बाहिर चलचित्र गर्नु पर्ने टिम भित्रका केहि असन्तुष्टि पनि सार्वजनिक गरे। सम्बन्ध झन् चिसिएको चर्चा चल्यो। तर अमेरिकामा रहेका तिनै जनाले एकसाथ तस्विर पोष्ट गरेपछि सम्बन्ध सोचे जति नचिसिएको चर्चा सुरु भएको छ। केदारले जितु र दिपासंग को तस्विर पोष्ट गर्दै ‘जाडो जाडो मौसमको तातो तातो फोटो ।’ क्याप्सन लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्