सलोनको ‘रंगी’ धमाधम विदेशमा विक्री हुँदै, जापान राइट्स पनि बिक्यो


अभिनेता सलोन बस्नेतले पहिलोपटक निर्माण गरेको चलचित्र ‘रंगी’ को विदेश राइट्स विक्री यतिबेला भैरहेको छ । सुटिङ्गसरु भए देखि नै चलचित्रको विदेश राइट्स निर्माण टिमले बिक्रि गरिरहेको छ। सलोन चलचित्रको लगानी विदेशबाट उठाउने कोसिसमा रहेको देखिन्छ। त्यसो त ओभरसिज बजार नेपाली निर्माताका लागी आफ्नो चलचित्रको लगानी उठाउने राम्रो वजार बन्दै गएको छ।

छायांकन सकिँदासम्म मध्यपूर्व, मलेसिया र माल्टामा निर्माण टिमले चलचित्र विक्री गरिसकेको थियो। यतिबेला चलचित्रको जापान राइट्स बिक्री भएको छ । युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले चलचित्रको जापान अधिकार खरिद गरेका हुन्।

फागुन २ गते भ्यालेनटाइम डेको दिनबाट चलचित्र रिलिज हुँदैछ। अन्य देशमा पनि चलचित्रको राइट्स विक्री हुने तयारीमा रहेको छ । यसरी हेर्दा नेपाल रिलिज अगाडी नै चलचित्रको लगानी उठाउने ध्यानमा सलोन र उनको टिम रहेको छ । सलोनका साथै नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन्। मिस नेपाल २०२० नम्रता श्रेष्ठ यहि चलचित्र मार्फत डेव्यु गर्दैछिन्। बाबु-छोरीको सम्बन्धको कथामा चलचित्र निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्