A vertical shot of the black cat in the dark darkness

‘कोशेढुंगा’ बनाउदै ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेल


ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलले नयाँ चलचित्रको घोषणा गरेका छन्। चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका हुन्। थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ ।

घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको अनुमान लगाउन सकिन्छ । २०८२ मा चलचित्रलाई रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्