हलमा नाजिर र सृष्टिको ‘केटि हराएको सुचना’
नाजिर हुसेन र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र ‘केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । मंसिरबाट चिसिएको चलचित्र बजारमा यो चलचित्रले केहि न्यानोपन ल्याउने अपेक्षा गरिएको छ। दिपेन्द्र गौचनको निर्देशनमा तयार भएको चलचित्रले प्रिमियरमा भिन्न स्वाद भएको चलचित्रको रुपमा प्रसंसा बटुलेको थियो।

सोलो रिलिजको अवसर पाएको चलचित्रले मल्टीप्लेक्सहरुमा उल्लेख्य शो पाएको छ। वर्ड अफ माउथ बलियो भएको अवस्थामा यो चलचित्रले दर्शक हलमा फर्काउन सक्नेछ। डेटिङ साइटमा चिनजान भएर भेट भएपछि दुई फरक समुदायका युवा- युवतीको जीवनमा आउने उतारचढावको वरिपरि चलचित्र घुमेको छ। जनकपुरको सेटिङमा खिचिएको चलचित्रले तराईको जीवनशैली र मिथिला संस्कृतिलाई प्रस्तुत गरेको छ। अधिकांश दृश्यमा नाजिर र सृष्टिलाई प्रस्तुत गरिएको छ ।
दीपेन्द्र गौचनको निर्देशन, लेखन तथा निर्माणमा तयार भएको चलचित्रमा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल, ओम प्रकाश कर्णलगायतको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता नकिम उद्दिन हुन् ।