‘हन्टर’ पोष्टरमा कस्तो देखिए अरुण क्षेत्री ?


चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । अरुणको जन्मदिनको अवसर पारेर निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो। पोष्टरले उनी एक्सन भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको चलचित्रमा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन ।जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । यद्यपि, चलचित्र सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ ।

चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । ममता सिङ्ग, राजा भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सह निर्माता रहेका छन् । यस चलचित्रमा रोयल भिमसेन कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्