बालेनको स्वरमा रहेको ‘लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको लोकप्रियता आम दर्शक माझ आकर्षक रहेको छ। उनको एक पोष्टले नै लाखौ लाइक र शेयर पाउने गर्दछन्। उनै बालेनले चलचित्र ‘लाज शरणम्’ का लागी एक गीत गाएका छन्। ‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । चलचित्र ‘लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ ।

गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । गीतमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्का लगायतको कोरसमा स्वर छ । बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो । ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ । सकारात्मक प्रतिक्रिया सहित यो गीतले हालसम्म ८ लाख २० हजार बढीभ्युज पाईसकेको छ।
हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्रमा लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् ।
चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फागुन १४ गते महाशिवरात्रीको दिन चलचित्र रिलिज हुँदैछ।