शोभितले सुरु गरे अस्ट्रेलियाबाट चलचित्र ‘पीआर’ को छायांकन
अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा चलचित्र ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रको मुर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको चलचित्रको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।

निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए । चलचित्रमा कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको पनि अभिनय छ ।
ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिनेछ ।
चलचित्रमा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ ।