‘पिताम्बर’ गीत : ‘म त फ्यान भए’ मा दर्शकले रुचाए प्रदिप र दिव्याको जोडी
चलचित्र ‘पिताम्बर’ को पहिलो गीत ‘म त फ्यान भएँ यार’ सार्वजनिक गरिएको छ । आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द तथा आशिष अविरलको संगीत छ रहेको गीत मंगलबार एक कार्यकमका बीच सार्वजनिक गरिएको हो।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा प्रदिप खड्का र दिव्या रायमाझीले नृत्य गरेका छन्। राधा-कृष्णको रुपमा प्रस्तुत गरिएको भिडियो दरबारीया शैलीको सेटमा छायांकन गरिएको छ। यो गीतले रिलिज भएको १८ घन्टामा १२ लाख बढी भ्युज पाईसकेको छ। म्युजिक सेक्सनमा नेपालमा गीत यतिबेला ट्रेण्डीङ्गको २१ नम्बरमा आइसकेको छ। दर्शकले मेकिङ्ग देखि प्रदिप र दिव्याको जोडीलाई मन पराइरहेका छन्।
भिडियोको मेकिङ्ग उच्च देखाईएको छ भने यसको सेट भारतबाट आएका कामदारले दायर पारेका हुन्। सेट निर्माण देखि मेकिङ्ग हेर्दा भिडियोमा राम्रो रकम खर्च भएको देखिन्छ। कृषा चौलागाईको निर्देशनमा तयार भएको चलचित्रलाई विशाल चौलागाईले निर्माण गरका छन्।
चलचित्रमा प्रदीप र दिव्यासहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, दिव्यदेव लगायतको अभिनय छ । प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद छ रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ। चैत २९ गतेबाट चलचित्र प्रदर्शनमा आउन लागेको छ।