‘दु:खी आत्मा’ हेर्न १६ बर्ष मुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक
दयाहाङ राई र आंचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘दुःखी आत्मा’ का सार्वजनिक प्रचार सामग्रीमा ‘एडल्ट ड्रामा’ उल्लेख गरिएको छ। सार्वजनिक संवाद र हाउभाउले पनि यो चलचित्र एडल्ट हुनसक्ने अनुमान गरिएको थियो। तर चलचित्रले सेन्सर बोर्डबाट ‘पीजी सर्टिफिकेट’ पाएको छ।

अव चलचित्र हेर्नका लागी १६ बर्ष मुनिका दर्शकका लागी अभिभावकको साथ चाइनेछ। मंगलबार गरिएको सेन्सरमा बोर्डले कुनै पनि दृश्य तथा संवाद काँटछाँट नगरी ‘पीजी सर्टिफिकेट’ दिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए का छन्।
चलचित्रमा दयाहाङ र आँचलको साथमा अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, कविता आले, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । हिमाल कडरियाले निर्माण गरेको चलचित्र फागुन २ गतेबाट रिलिज हुँदैछ। चलचित्रको कार्यकारी निर्माता सुदिप ढकाल हुन्।