११ः५५’ को क्यारेक्टर पोष्टर सार्वजनिक, चैत्रमा रिलिज हुँदै


चैत्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार चलचित्रका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।

चलचित्रका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनालको सार्वजनिक लुक्समा उनीहले निवार्ह गरेको भूमिका अनुसार नै प्रस्तुत छन् । क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रमा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

प्रतिक्रिया दिनुहोस्