पल र दीपिकाको प्रेमको उतारचढावमा ‘मायाबी’ ट्रेलर
फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मायाबी’ को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा नायक पल शाह, नायिका दीपिका प्रसाइको साथमा कलाकारहरु सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ ।

पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरको बलियो पक्ष यसका संवाद हुन्। लभ स्टोरी चलचित्र बनाउन सफल मानिएका दिवाकर र यस्तै जनरामा आफुलाई अब्बल सावित गरेका पल दुवैका लागी यो चलचित्र बिशेष हुने देखिएको छ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।
चलचित्रमा राजु पराजुली र सुमित वली सह–निर्माता, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । क्रियटिभ सिने आर्टस् प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्ममा नेम महर्जनको पनि लगानी छ । चलचित्रमा प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दिपेन्द्र सिंखडा, संगीता सिलवालको पनि अभिनय छ ।