प्रिमियरमा ‘रंगी’ लाई कस्तो मिल्यो प्रतिक्रिया?
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । भोलि शुक्रबारबाट रिलिज हुने चलचित्रको प्रिमियरमा उपस्थित चलचित्रकर्मीले राम्रो बनेको प्रतिक्रिया दिएका हुन् ।

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र बाबुछोरीको कथामा आधारित छ । चलचित्र हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले चलचित्रको कथावस्तु मन परेको बताए ।

चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ।