‘रंगी’ नयाँ गीतमा बाबु छोरीको सम्बन्ध र संघर्ष


गत शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘रंगी’ को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द रहेको छ ।


गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । स्याड भर्सनको गीतमा सलोनले छोरी आयुषीका लागि गरेको संघर्षलाई देखाइएको छ ।


सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्