ओसो सन्यासी बनिन् अभिनेत्री शिल्पा पोख्रेल


अभिनेत्री शिल्पा पोख्रेल ओसो सन्यासी बनेकी छिन्। ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नव सन्यास दिक्षण ग्रहण गरी शिल्पा ‘माँ प्रेम हाँस्या’ बनेकी हुन् । ओसोमा गएर शिल्पा रोएका भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भैरहेका छन्।

अभिनेत्री शिल्पा पोख्रेल केहि बर्षबाट चलचित्र क्षेत्रमा देखिएकी छैनन्। म्युजिक भिडियो अभिनयमा भने उनले सक्रियता जारी राखेकी छिन्। निर्माता छविराज ओझासंगको वैवाहिक सम्बन्ध टुटेपछि उनि चलचित्र क्षेत्रमा खासै देखिएकी छैनन्। ओझा र पोख्रेलको डिभोर्सको सम्पूर्ण कानुनि प्रकिया सम्पन्न भैसकेको छ। यो पश्चात उनि ओसो सन्यासी बनेको खबर बाहिरिएको हो।

प्रतिक्रिया दिनुहोस्