नव-कलाकारले भरिएको ‘होस्टेल ३’ को ट्रेलर
चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । ट्रेलरमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको कलेज र होस्टेल जीवनका झलक देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ लगायतको अभिनय चल्च्गित्रमा देख्न सकिन्छ।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र फागुन २३ गते रिलिज हुने तयारीमा छ । चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन्। माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेको चलचित्रको निर्माता मा सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी छन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् ।
कार्यकारी निर्माता शङ्कर कोइराला रहेको चलचित्रमा अर्जुन तिवारीको छायाङ्कन निर्देशन, विकास दाहालको सम्पादन, हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।