सेन्सर पास भएपछी ‘लाज शरणम्’ प्रचारमा , ट्रेलर रिलिज अन्योलतामा


चलचित्र ‘लाज शरणम्’ केहि दिन कानुनी झमेलामा अड्किएको थियो। पाटन उच्च अदालतको आदेशपछि चलचित्र सम्पूर्ण प्रचारपसार रोकिएको थियो। युट्युब प्लाटफर्मबाट टिजर र गीत प्राइभेट गरिएको थियो। तर सेन्सर बोर्डले पुर्व मन्त्रि अफ्ताव अलाम जस्तो देखिने कुनै दृश्य र कन्टेन्ट नभएको भन्दै चलचित्रलाई युनिभर्सल सर्टीफिकेट दिईसकेको छ ।

सेन्सर पास भएपछि टिजर र गीतलाई पुन: सार्वजनिक गरिएको छ। चलचित्रको टिम पनि प्रचारप्रसारमा जुटेको छ। चलचित्रको ट्रेलर रिलिज गर्ने नगर्ने बारे भने चलचित्रको टिम अन्योलमा रहेको छ । बुधबार रिलिजको तयारीमा रहेको कारण पनि ट्रेलर नआउने सम्भावना उच्च रहेको छ। अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको सेभेन सिज इन्टरनेसनलले टुंगो लागेका अन्तर्राष्ट्रिय बजारको सूची पनि ल्याउँदैछ । नेपालमा सोमबार बेलुकी देखि शो खुल्ने बताइएको छ।

नविन श्रेष्ठ निर्माता रहेको चलचित्र जेपिटी क्रिएशनको व्यानरमा निर्माण भएको छ। कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल, मुकुन्द श्रेष्ठ, विजय बराल, सागर लम्साल, अर्जुन घिमिरे, महेश त्रिपाठी, माला लिम्बु, हरि निरौला लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र फागुन १४ गतेबाट प्रदर्शनमा आउंदैछ।

प्रतिक्रिया दिनुहोस्