सेन्सर पास भयो ‘फेरी रेशम फिलिली’, युनिभर्सल सर्टिफिकेट
फागुन १४ गते रिलिज तयारीमा रहेको चलचित्र ‘फेरी रेशम फिलिली’ को सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समितिले चलचित्रलाई युनिभर्सल सर्टीफिकेट दिएको छ। अव यो चलचित्र सवै उमेर समुहका व्यक्तिले हेर्न पाउनेछन्।

निरोज महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘रेशम फिलिली’ को सिक्वेल हो। रेशम र हरियाको रोचक कथामा तयार भएको चलचित्रको सिक्वेलमा पनि दर्शकले सोहि अपेक्षा गरिरहेका छन्।
विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुश्पा भट्ट, निर शाह, शिशिर वाङ्ग्देल, मेक्सम गौडेल लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । रौनक विक्रम कंडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सुरज ठकुरी हुन्।