तीजमा केदारको ‘माग्ने राजा’ रिलिज तय


केदार घिमिरे ‘माग्ने बुढा’ केन्द्रिय भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’ को छायांकन शिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट सुरुवात हुँदैछ। छायांकन सुरुवात नहुदै चलचित्रको टिमले यसको रिलिज मिति तय गरेको छ। महँगो पारिश्रमिकमा माग्ने बुढा अनुबन्ध भएसंगै चर्चामा रहेको चलचित्र आगामी तीजमा रिलिज हुनेछ।

सोमबार चलचित्रको निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै आगामी बर्षको तीजको अवसर पारेर भदौ १२ गते बिहिबारबाट चलचित्र रिलिज हुने जानकारी दिएका छन्।

ऋषि लामिछानेको निर्देशनमा तयार हुने चलचित्रमा केदारसहित आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्गदेल, शारदा गिरी, पुष्कर गुरुङ, मिस पबी लगायतको अभिनय रहनेछ । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गर्ने चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा लेखन छ ।

प्रतिक्रिया दिनुहोस्