‘मायावी’ को कारण किन निश्चल बस्नेतले पाउदैछन् नकारात्मक कमेन्ट ?


यो फागुन १४ गते बुधबारबाट तीन नेपाली चलचित्र रिलिज हुदैछन्। ‘लाज शरणम्’, ‘फेरी रेशम फिलिली’ र ‘मायावी’ एकसाथ रिलिज हुदैछन् र यसको अग्रिम बुकिङ्ग खुलिसकेको छ। चलचित्रकर्मी र संचारकर्मीले पनि तिनै चलचित्रको पोष्टर शेयर गरेर चलचित्रलाई शुभकामना दिईरहेका छन्। निर्देशक निश्चल बस्नेतले पनि चलचित्रहरुलाई सफलताको शुभकामना दिईरहेका छन्। तर उनको पोष्टमा यतिबेला गालीको बर्षात भैरहेको छ।

कारण हो उनले दुई चलचित्रको पोष्टर शेयर गरेका छन् भने पल शाह अभिनित चलचित्र ‘मायावी’ को पोष्टर भने उनले शेयर गरेका छैनन्। सोहि कारण सवै चलचित्रलाई समान व्यवहार नगरेको भन्दै उनले कमेन्ट सेक्सनमा गाली खाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्