‘माग्ने राजा’ को छायांकन सुरु, केन्द्रिय भूमिकामा केदार घिमिरे


केदार घिमिरे ‘माग्ने बुढा’ केन्द्रिय भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’ को छायांकन शिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट सुरुवात भएको छ।

टेली सिरियल हुँदै चलचित्रमा सहायक भूमिका गरिरहेका केदारको यो पहिलो शिर्ष भूमिकामा रहेको चलचित्र हो। ऋषि लामिछानेको निर्देशनमा तयार हुने चलचित्रमा केदारको साथमा आर्यन सिग्देल, बर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्ग्देल लगायतको अभिनय रहेको छ।

मुनाल घिमिरेको निर्माणमा चलचित्र तयार हुँदैछ। काभ्रेको पनौतीबाट छायांकन सुरु हुने चलचित्रमा सामिप्यराज तिमल्सिनाको लेखन रहेको छ । चलचित्र तीजको अवसर पारेर भदौ १२ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्