फूलपातीमा थपियो अशोक शर्माको ‘डबल ट्रिपल’


निर्देशक अशोक शर्माले नयाँ चलचित्र ‘डबल ट्रिपल’ को घोषणा गरेका छन् । आगामी दशैँको फूलपातीमा रिलिज मिति तय गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहनेछ।

अशोक शर्मा र राजेश सिटौलाको कथा / पटकथा रहने चलचित्रमा शान बस्न्यातको संवाद रहनेछ। किरण शर्मा पौडेल, अंकित शर्मा र कृति शर्मा चलचित्रको निर्माताको रुपमा रहनेछन्। यो निर्देशक अशोक शर्माको होम प्रोडक्सनमा निर्माण हुनेछ । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत र सुनिल क्षेत्रीको कोरियोग्राफी रहनेछ।

दशैँमा यस अगाडी सरोज ओलीको ‘हरिबहादुरको जुत्ता’ र रोहित अधिकारीको ‘माइतिघर’ ले प्रदर्शन मिति तय गरिसकेका छन् । अन्य केहि चलचित्र पनि यो मितिमा आउने तयारीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्