आंचलको स्थानमा बर्षालाई लिदै ‘हर्ष’ को मुहर्त


एकता पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘हर्ष’को मुहूर्त गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा मूहूर्त गरिएको हो । मुहूर्त समारोहमा चलचित्रका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, वर्षा राउत, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, सुवर्ण थापा, अंशु थापा लगायतको उपस्थिति थियो ।


बर्षाले यो चलचित्रमा अभिनेत्री आंचल शर्मालाई रिप्लेस गरेकी छिन्। आंचल यतिबेला चलचित्र ‘जेरी अन टप’को छायांकनमा व्यस्त रहेकी छिन्। यो चलचित्रको छायांकन लामो समयबाट चलिरहेको छ। यहि चलचित्रका लागी आंचलले ‘पिताम्बर’ र अव ‘हर्ष’ छाड्नु परेको छ। बर्षालाई निर्माताले मंगलबार सम्झौता गरेका थिए। फागुन १७ गतेबाट छायांकन सुरु हुने चलचित्रको कथा निर्देशक पौडेलले नै लेखेकी हुन्।

चलचित्रमा आलोक शुक्लाको छायांकन तथा वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्य सम्पादन र सुनिल क्षेत्री कोरियोग्राफी रहनेछ । चलचित्रको निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल छन्।

प्रतिक्रिया दिनुहोस्