टिकटकमा पाइरेसीको मारमा परेपछि साइबर ब्युरो जाँदै ‘मायावी’ टीम


बुधबारबाट रिलिज भएको चलचित्र ‘मायावी’ ले हलमा दर्शकको सुखद साथ पायो। केहि हलमा हाउसफुल व्यापार गरेको चलचित्रका दर्शक भेट्न अभिनेता पल शाह, अभिनेत्री दिपिका प्रसाई सहितको टिम दिनभर हलमा घुम्यो। दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेको चलचित्र पाइरेसीको मारमा परेको छ।

सामाजिक संजालमा चलचित्रका दृश्यहरु प्रसस्त मात्रामा भेटिने गरेका छन्। बिशेष गरि टिकटकमा चलचित्रका महत्वपूर्ण दृश्यहरु भाइरल बनिरहेका छन्। टिकटकमा चलचित्रको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष केही तनावमा देखिएको छ ।


चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ ।


ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्