‘फेरी रेशम फिलिली’ लाई वर्डअफ माउथ उत्कृष्ट, दर्शकको चाप बढ्ने अपेक्षा


फागुन १४ गते बुधबारबाट रिलिज भएको चलचित्र ‘फेरि रेशम फिलिली’ ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । चलचित्रको वर्ड अफ माउथ राम्रो भएको कारण यो चलचित्रले विस्तारै आफ्नो व्यापार बढाउने आशा निर्माण टिमले राखेको छ। तीन चलचित्र एकसाथ रिलिज भएको अवस्था मा तीनै चलचित्रको व्यापार सन्तोषजनक भने रहेको छैन। तर आएका दर्शकले दिएको प्रतिक्रियाका कारण चलचित्र ‘फेरी रेशम फिलिली’ टिम व्यापार बढ्नेमा आशावादी रहेको छ ।

दर्शकको राम्रो अकुपेन्सी भएका हलमा चलचित्रका कलाकारहरु दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकले पनि चलचित्रका कलाकारलाई देख्दा सेल्फी खिच्नुका साथै कलाकारसँग ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका थिए । चलचित्र हेर्ने अधिकांश कथावस्तु र त्यसले दिएको सन्देशले मने जितेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रका मुख्य अभिनेता विनय श्रेष्ठले चलचित्रले मज्जाले दर्शकलाई फिलिली बनाएको र दर्शक पनि बढिरहेको बताए । सुरुवाती दुई दिन वार्मअप भएको भन्दै शुक्रबार अनि शनिबार दर्शकको राम्रो साथ मिल्ने विश्वास उनको छ । विकेन्डमा चलचित्रले दर्शकको फिलिली हुने गरी साथ पाउने उनको दाबी छ ।

चलचित्रका अर्का अभिनेता हरिया अर्थात् कामेश्वर चौरासियाले बुधबार र बिहीबार जति दर्शकले चलचित्र हेर्नु भयो राम्रो भन्नु भएकाले दर्शकहरु विभिन्न कारणले हलमा पुग्न नसकेको हुन सक्ने भन्दै विस्तारै बढ्दै जाने बताए । धेरै दर्शक हल आउन खोज्दै हुनुहुन्छ होला, केही आइसक्नु भयो होला । केही दर्शकले वर्डअफ माउथको प्रतिक्रिया बुझ्दै हुनुहुन्छ होला । त्यसैले शनिबार हलमा दर्शकको राम्रै चाप देख्न पाइने विश्वास उनको छ ।

चलचित्रकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेरहेको भन्दै खुशी व्यक्त गरिन् । आफ्नो अघिल्ला चलचित्रको तुलनामा यो चलचित्रमा आफ्नो अभिनय धेरै सुुधार भएको प्रतिक्रिया दर्शकबाट मिलिरहेको उनको भनाई छ । समग्र चलचित्रलाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेरहेको छ । विस्तारै दर्शकको साथ मिल्दै जानको उनको विश्वास छ ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ । सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । निरोज महर्जनको कथा र निर्देशन चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्