सुशिलको एक्सनले भरिएको ‘आउटलः दफा २१९’ को ट्रेलर


एक्सन चलचित्र ‘आउटलः दफा २१९’ को एक्सन ले भरिएको ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र को ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । चलचित्रमा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।


विकास चौधरी सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता विनोद कठायत हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।


चलचित्रको ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको चलचित्रमा उनको काम पनि तारिफयोग्य देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्