‘फेरि रेशम फिलिली’ को नयाँ गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक
फागुन १४ गते महाशिवरात्रिको अवसरमा रिलिज भएको ‘फेरि रेशम फिलिली’ को नयाँ गीत सार्वजनिक भएको छ। विकेन्डमा राम्रो व्यापार गरेको चलचित्रको वर्डअफ माउथ राम्रो रहेको छ। यसकारण चलचित्रको व्यापार अझै बढ्नेमा निर्माण टिम आशावादी रहेको छ । यहि बीचमा चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ।

चलचित्रमा समावेश गीत ‘कैले घाम म कैले छाया म’ सार्वजनिक भएको छ । यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी र प्रकाश दाहाल फिचर्ड छन् ।
निरोज महर्जनको लेखन तथा निर्देशन रहेको चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता, कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।