लभरगर्ल अदितिसंग ‘बाबरी’ टिजरमा धीरज सप्राईज प्याकेज


‘इन्टु मिन्टु लण्डनमा’ डेव्यु हिरो धिरज मगरको क्रेज लोभलाग्दो छ । पहिलो चलचित्रबाट राम्रो चर्चा बटुलेका धिरजले अरु दुईवटा चलचित्रको सुटिङ्ग सकेका छन् । रिलिजको हिसावले दोश्रो चलचित्रको रुपमा ‘बाबरी’ रहनेछ। यहि चलचित्रमा उनको जोडीको रुपमा ‘कृ’ डेव्यु गर्ल अदिति बुढाथोकी रहेकी छिन्। सामाजिक संजालमा उनको क्रेज निकै लोभलाग्दो रहेको छ। यी दुवैको चलचित्र दर्शकका लागी प्रतिक्षित रहने पक्का छ। शुक्रबारबाट रिलिज चलचित्र ‘कबड्डी ४’ संगै दर्शकले हलमा चलचित्रको टिजर हेर्न पाउनेछन् ।

टिजरमा एक्सन, रोमान्स र ड्रामा प्रस्तुत गरिएको चलचित्रको टिजरमा धीरजले दर्शकका लागी सप्राइज प्याकेज बनेर आएका छन्। धिरजको स्वर र लुक्स दर्शकका लागी सप्राईज बनेको छ। अदितिलाई लभरगर्लको रुपमा प्रस्तुत गरिएको छ। भदौ ३१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्