मलिकाको बिहेमा निश्चल देखि दयासम्मको डान्स, ‘महाभोज’ को ‘लालुमै’ कस्तो बन्यो ?


मल्टीस्टारर चलचित्र ‘महाभोज’ यहि जेठ १५ गतेबाट रिलिजको तयारीमा रहेको छ । रिलिज मिति नजिकिदै गर्दा चलचित्रको प्रचारप्रसारमा निर्माण टिमले व्यस्तता बढाएको छ। निर्माण टिमले चलचित्रको दोश्रो गीत ‘लालुमै’ सार्वजनिक गरेकोछ । आइतबार काठमाडौंका एक कार्यक्रमका बीच सार्वजनिक गीतमा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर रहेको छ भने हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत रहेको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत र निश्चल बस्नेत फिचर रहेका छन्। सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोलाई मलिकाको विवाह समारोहको परिवेशमा तयार पारिएको छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय देख्न पाइनेछ । हिमाल कडरिया, किरण नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा विकास सुवेदीको लेखन र दिनेश राउतको निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्