चलचित्र अभिनयको सोचाईमा उषा र गरिमा


सामाजिक संजालको प्लेटफर्म ‘टिकटक’ बाट नेपाली कलाकारिता क्षेत्रमा नयाँ कलाकारको प्रवेश भैरहेको छ । आफुलाई केहि फरक र अब्बल रुपमा प्रस्तुत गर्न सफल टिकटक युजरहरु पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका छन्। कोहि केहि म्युजिक भिडियोमा अभिनय गरेर पलायन भएका छन् भने केहि लगातार यसमै सक्रिय रहेका छन्। तीनै नाम मध्येका प्रतिनिधि नामहरु हुन् उषा उप्रेती, गरिमा शर्मा, गीता ढुंगाना । यी लगायतका नामहरु मध्येबाट केहीलाई नेपाली चलचित्र क्षेत्रका भविष्यका अभिनेत्रीको रुपमा समेत हेर्न थालिएको छ ।

उषा उप्रेती पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त नाम हो। म्युजिक भिडियो संगै उषा स्टेज कार्यक्रममा समेत व्यस्त हुने नाम हो । उषालाई नेपाली चलचित्र क्षेत्रको सम्भावित अभिनेत्रीको रुपमा हेरिएको छ । बजारमा चलेको चर्चा अनुसार त उनि चाडै नेपाली चलचित्रमा डेव्यु गर्न लागेकी छिन्। राम्रो फलोअर्स, आफ्नो डान्स र एक्सप्रेसनका कारण उनको डिमाण्ड म्युजिक भिडियोमा राम्रो रहेको छ । सोहि कारण पनि उनलाई चलचित्रमा सम्भावना बोकेकी कलाकारको रुपमा हेरिएको छ । उषा पनि आफ्नो भविष्यको योजना चलचित्र अभिनय नै रहेको बताउदै आएकी छिन्।

अर्की मोडल गरिमा शर्मा पनि पछिल्लो समय चर्चामा रहने नाम हो । उनलाई पनि नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री बन्न सक्ने मोडलको रुपमा हेरिएको छ । उनको योजना पनि नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीको रुपमा स्थापित हुने रहेको छ । राम्रो काम गरेर स्थापित हुने योजना उनि अन्तर्वार्तामा प्रकट गर्दै आएकी छिन् ।

यी दुई प्रतिनिधि पात्रहरु हुन् । टिकटकबाट उदाएका यी नवप्रतिभा अव नेपाली चलचित्रको यात्रामा अगाडी बड्ने हुन् या हैन त्यो भने भविष्यले नै बताउला ।

प्रतिक्रिया दिनुहोस्