विराज र सुशीलसंग ‘राम नाम सत्य’ मा दिव्या रायमाझी


नायिका दिव्या रायमाझी नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। माइकल चन्दको निर्देशनमा तयार हुने चलचित्र ‘राम नाम सत्य’ मा दिव्या फाइनल भएकी छिन्। निर्माण टिम र दिव्या विच आइतबार औपचारिक सम्झौता भैसकेको छ। यो संगै चलचित्रमा उनी दुई एक्सन नायकसंग देखिने भएकी छिन्। एक्सन स्टार विराज भट्ट र एक्सन नायक सुशील श्रेष्ठ यो चलचित्रमा एकसाथ देखिदैछन्।

चलचित्र साइन गरेपछि दिव्याले भनिन्–‘यो चलचित्रको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो । जसकाकारण, काम गर्न तयार भएकी हुँ ।’

चलचित्र छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ चलचित्रका निर्माता हुन् भने डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने चलचित्रमा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्