भारतीय नेताहरुसंग किन भेटघाटमा सक्रिय छिन् एलिजा गौतम?
मोडल तथा नायिका एलिजा गौतम पछिल्लो समय आफ्नो दैनिकीलाई राजनैतिक बनाइरहेकी छिन्। प्राइम टाइम टेलिभिजनको अध्यक्षको रुपमा जिम्मेवारी सम्हालिरहेकी गौतम यतिबेला भारतका विभिन्न दलका नेता र मन्त्रीहरुलाई भेटिरहेकी छिन्

महाराष्ट्रका पूर्व राज्यपाल एवं उत्तराखण्डका पूर्व मुख्यमन्त्री, भारतीय जनता पार्टीका वरिष्ठ नेता श्री भगत सिंह कोशियारीसंग उनले नेपाल र भारत दुवै स्थानमा भेट गरेकी थिइन्। यतिबेला भारतमा नै रहेकी एलिजाले उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामी, उत्तराखण्ड राज्यको खेलकुद मन्त्री रेखा आर्या, उत्तराखण्ड राज्यका कृषि तथा सैनिक कल्याण मन्त्री गणेश जोशी लगायतलाई भेटेकी छिन्। उनको यो भेटघाटको चाजोपाँजो भगत सिंहले मिलाएको अनुमान गर्न सकिन्छ।
एलिजा नेपाली राजनीतिमा सक्रिय हुने कोसिसमा रहेकी छिन्। २०८४ को चुनावमा उनी जसरि पनि संसद छिर्ने तयारीमा रहेको बुझिएको छ। यसैले पनि नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका देखिने भारतीय राजनैतिक नेतृत्वसंग उनले भेटघाट बढाईरहेको अनुमान गर्न सकिन्छ।