‘जदौ’ मा साम्राज्ञी र मुकुनको जोडी


चलचित्र ‘जदौ’ मा अभिनेत्री साम्राज्ञी शाह र अभिनेता मुकुन भुसालको जोडी देखिने भएको छ। निर्देशक तय नभएको चलचित्रको लागी प्रमुख कलाकार भने काम गर्नको लागी तयार भैसकेका छन्।

काजी लिम्बुको निर्माण परिकल्पना र लेखन रहेको चलचित्रले निर्देशक विना लिएको यो विकासक्रम नौलो हो। प्राय चलचित्रमा निर्देशक तय भैसकेपछि कलाकारको छनोट गर्ने गरिन्छ। भदौबाट सुटिङ सुरुवात गरिने चलचित्र सिल्भर स्क्रिन र समिश्रण मूभिजको संयुक्त लगानीमा निर्माण हुनेछ। चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ती तामाङ छन ।

प्रतिक्रिया दिनुहोस्