‘महाराजधिराज’ बाट पल शाह किन बाहिरिए ?
छायांकनको तयारीमा रहेको चलचित्र ‘महाराजधिराज’ बाट अभिनेता पल शाह बाहिरिएका छन्। बलियो स्टार काष्ट सहित छायांकनमा जान लागेको चलचित्रबाट पल शाह बाहिरिएको खबर प्रस्तुतकर्ता विराज बिष्टले आफ्नो सामाजिक संजालबाट गराएका छन्।

उनले पल र छत्रेश्वरी म्यानेजमेन्टबीचको आधिकारिक सम्झौता अन्त्यको सूचना आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेका छन्। यो संगै चलचित्रबाट बाहिरिनुको बारेमा दुवै पक्षले कहिँ कतै कुरा नगर्ने पनि उल्लेख गरिएको छ।
परिच्छेद सेनको निर्देशनमा तयार हुन् लागेको चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का वर्षा राउत, वर्षा शिवाकोटी र उषा रजक पनि अनुबन्धित भइसकेका छन्। चलचित्रका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन्।