‘किन लाग्छ माया’ मा धिरेन, राजेन्द्र देखि मिस पविसम्म एकसाथ


चलचित्र ‘किन लाग्छ माया’ निर्माण हुने भएको छ। एसएण्डएस प्रोडक्सनको व्यानरमा मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुने चलचित्र छायांकनको तयारीमा रहेको छ। असारको पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएको छ ।

यो चलचित्रको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।

चलचित्रमा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ । चलचित्रको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । सामाजिक विषयवस्तुलाई मुख्य रुपमा प्रस्तुत गरिने चलचित्रले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ ।

प्रतिक्रिया दिनुहोस्