‘बाटुलो जुन’ मा अनमोल केसी, भुवन केसीले निर्देशन गर्दै


नायक अनमोल केसीले केहि समय अगाडी चलचित्र ‘जेरी अन: टप’ को छायांकन सम्पन्न गरे। यो लगतै उनी नयाँ चलचित्रको तयारीमा जुटेका छन्। होम प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जुन’ मा उनी काम गर्दैछन्। भुवन केसीको निर्देशनमा तयार हुने चलचित्र केहि दिनमा नै छायांकनमा जाने तयारीमा रहेको छ।

पहिलो चरणको छायांकन एकसाता गरेपछि बाँकी छायांकन भदौमा गर्ने तयारीमा निर्माण टिम रहेको छ। चलचित्रले ग्रामिण परिवेशको कथा भन्ने बुझिएको छ। अनमोल चलचित्रमा गाउँले भूमिकामा देखिदैछन् भने दुई नायिका चलचित्रमा रहनेछन्। दुवै नयाँ नायिका रहेको र अडिसनबाट छनोट गरिएको छ । चलचित्रको संगीत एसडी योगीले तयार पारेका छन्।

प्रतिक्रिया दिनुहोस्