‘परि’ को सुटिङ्ग सेटमा दिपा, प्रियंका र किरण


चलचित्र ‘परि’ को यतिबेला तनहुँमा धमाधम छायांकन भैरहेको छ। गोविन्द गौतमको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्रको भानु नगरपालिकामा छायांकन भैरहेको छ। किरण केसी, दिपाश्री निरौला र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्रको असारे सेटिङ्गमा छायांकन भैरहेको छ। रोपाईका दृश्यमा प्रियंका, दिपा र किरण देखिएका छन्।

चलचित्रमा दिनेश डिसी, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल , दिग्विजय केसी, श्याम राई, घनश्याम गिरी, सङ्गम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायतको अभिनय रहनेछ।


बाबु श्रेष्ठको छायाङ्कन रहने चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । चलचित्रमा द्वन्द्व रोशन श्रेष्ठ, सङ्गीत दीपक शर्मा र विकास चौधरीको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्